यसरी भयो- ‘मुगुको माथितुम गाउँ जिल्लाको दोस्रो छाउगोठ मुक्त गाउँ घोषणा’ (फोटो सहित)


नन्द बहादुर रोकाया

गमगढीः मुगुको छायाँनाथ रारा नगरपालीकाको ३ नं वडामा पर्ने माथि तुम गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको छ । छाउपडी गोठ मुक्त घोषणा गर्ने न्युनतम मापदण्ड र सुचक पुरा भएको भन्दै गाउँलाई जिल्लाको दोस्रो छाउपडी मुक्त गाउँ घोषणा गरिएको हो । यसअघि नगरपालिकाकै १२ नम्बर वडामा रहेको सोभा गाउँ छाउगोठ मुक्त घोषणा भईसकेको छ ।

छायाँनाथ रारा नगरपालीकाको आयोजना र हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र (हिरिस्डेक) मुगुको सहजिकरणमा मगंलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि माथि तुम गाउँलाई छाउपडी गोठ मुक्त घोषणा हो । नगरपालिकाको ३ नम्बर वडाका वडा अध्यक्ष नर बहादुर रावलका अनुसार जिल्ला स्तरका सरोकारवाला निकायबाट गाउँको अनुगमन गराएपछि ५० प्रतिशत घरधुरीका महिलाहरु महिनावारी हुँदा घर भित्रै बस्न थालेका, गाईको दुध दहि, घिउ खाने गरेका र सरसफाईलाई प्राथामिकतामा राखेका लगायतका सुचक पुरा भएपछि गाउलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरीएको हो ।

विगतमा छुई भएको वेला गोठमा बस्दा धेरै पटक बिरामी हुदाँ र आफुलाई समस्या भईरख्दा पनी गोठमा नै बस्नुपरेको स्मरण गर्दै सो गाउँकि बिष्नमाया रावलले भनिन ‘अहिले जमाना फेरिए, अब हाम्रा छोरी चेलिलाई महिनावारी हुँदा घर भित्रै बस्न पाउने, पोषिलो खानेकुरा खान पाउन स्थिती बन्यो, म खुशी छु ।’ पहिले देखी नै कुरितीका रुपमा जिल्लाका सबै गाउँ बस्तिमा महिला महिनावारी भएको वेला पाचँ देखी सात दिन सम्म गोठमा बस्ने गरेको भएपनी अहिले त्यो अवस्था नभएको उनको भनाई छ ।

छाउ भएको समयमा गाई वस्तु, फलफुलका बोट छुन नदिने, घर भित्र बसे देउता रिसाएर अनिष्ट हुने रुढिवादी विश्वासले महिलाहरु हिंसा र विभेदको शिकार हुनुपर्ने बाध्यता रहेको भएपनी अब त्यसो नहुनेमा यो गाउँका महिलाहरुको बिश्वास समेत छ । त्यस्तै उर्मिला खड्का छाउ न्युनिकरणका अभियानहरुमा आफुहरुको सहभागिता बढाएर गाउँलाई छाउगोठ मुक्त गाउँ घोषण गर्न सफल भएकोमा जोड दिन्छीन । ‘पहिले परिवर्तन आफनै घर गाउँबाट गर्ने हो भनेर भनियो, अहिले सफल भईयो’ उनि थप्छिन ‘दिदिबहिनीहरु छाउगोठ बस्दा हुने असरका ’boutमा सचेत भएसंगै छाउपडी प्रथाका लागी अन्यत्र सकरात्मक शन्देश दिन पनी पाइयो ।’

छाउगोठ मुक्त गाउँ घोषणाका लागी सहजिकरण गरेको संस्था हिमाली युवा समाज बिकास केन्द्रकी मानव अधिकार अधिकृत सञ्जु तिमल्सीनाका अनुसार आनिबानिमा परिर्वतन गरे संगै गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषण गर्नका लागी परेका थिए ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like