दुई पाइलटलाई प्राधिकरणले गर्‍यो निलम्बन

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि दुई पाइलट को को हुन् भन्ने खुलाएको छैन ।

You May Also Like