राष्ट्रियसभाका लागि प्रदेश ६ का माओवादी नेताको दौडधुप सुरु, मुगुका मगंल शाहीपनी दौडमै

कालीकोट । राष्ट्रिय सभा चुनावको मिति तोकिएसँगै प्रदेश ६ का माओवादीका नेताहरुले उम्मेदवार बन्न लविङ थालेका छन् । एमाले र माओवादीको कार्यदल दलले भागवण्डा टुंग्ल्याउन बाँकी छ । तर, ८ मध्ये ३ सिट माओवादीले पाउने नेताहरु बताउँछन् ।

तीन सिटका लागि करिब एक दर्जन नेताहरु दौडधुपमा छन् । राष्ट्रिसभा सदस्यका लागि जारकोटका मायाप्रसाद आचार्य, जाजरकोटकै कालीबहादुर मल्ल, कालीकोटका पूर्वडिभिजन सहायक कमाण्डर जीवन बुढा, डोल्पाका उर्मिला बिक, मुगुका मंगल शाही र सुर्खेतकी हरिमाया र शर्मा सल्यानकी टीका लविङमा लागेका हुन् ।

उनीहरु प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका आकांक्षी थिए । तर, केहीले टिकट पाएनन् भने केही समानुपातिकमा रहे पनि सांसद भएनन् । अहिले काठमाडौंमै बसेर पार्टी अध्यक्ष प्रचण्डदेखि पार्टी एकता संयोजन समितिका पदाधिकारीहरुलाई भेट्ने गरेका छन् ।

कतिपय नेताहरुलाई प्रतिनिधिसभा चुनाव र प्रदेशसभा चुनावकै बेला राष्ट्रियससभामा अवसर दिने भनी व्यवस्थापन गरिएकोले अहिले सकस हुने देखिएको एक माओवादी नेताले बताए । ‘कतिपयलाई पार्टी हेडक्वाटरबाटै पहिले नै आश्वासन दिइएको रहेछ,’ प्रदेश ६ का एक नेताले भने, ‘त्यसले गर्दा सकस हुने देखिएको छ ।’

पार्टी बरियता अनुसार प्रदेश ६ का संयोजक मायाप्रसाद आचार्य र कालीबहादुर मल्ल टिकटका बलिया मानिएका छन् । पूर्व लडाकू जीवन बुढाले यसअघि नै आफूलाई पार्टी हेडक्वाटरबाटै आश्वासन आएकोले उम्मेदवारीको दाबेदारीबाट पछि हटेको बताएका छन् ।

बुढा कालीकोट प्रदेशसभा (ख) का लागि एकल सिफारिसमा परेका थिए । तर, पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि भन्दै प्रदेश (ख) मा टिकट दिइएको थियो । यस्तै मगुका मंगलबहादुर शाही पनि बलिया दाबेदार हुन् । मुगुबाट माओवादीको उपस्थिति नभएकोले राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने माग उनको छ ।

तर, राष्ट्रियसभामा पनि दलित, महिला, जनजाति र फरक क्षमता भएकाहरुको प्रतिनिधित्व गराउनु पर्ने भएकोले यसअघिको आश्वासन अनुसार हुने सम्भावना न्यून रहेको एक नेताले बताए ।

पार्टीका अन्य नेता कार्यकर्ता भने बलिङप्रति सन्तुष्ट छैनन् । प्रदेशको नेतृत्व गरेका नेताहरु समन्वय नगरी आफूआफू लविङमा लागेको भन्दै आक्रोश पोखेका हुन् । माओवादी सुर्खेतले त बैठकले नै राखेर प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व नभएका जिल्लाहरु सुर्खेत, मुगु र दैलेख र डोल्पालाई प्राथमिकता दिन माग गरेको छ ।

Source: OnlineKhabar.com

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like