हुुम्लाका सात स्थानिय तहका २९ वडा कार्यालय सचिव बिहिन


रविन भण्डारी

सिमीकोट: हुुम्ला जिल्लाका सात वटा गाँउपालिकाका २९ वडा कार्यालयहरु सचिव बिहिन भएका छन् । एकातिर सचिब कम हुुनुु र अर्को्तिर खटाएका सचिब पनि अन्यत्रै सरुवा तथा काज मिलाएर जानाले हुुम्लाका यति धेरै वडा कार्यालय सचिब बिहिन हुुँदा यसवाट जनता भने प्रत्यक्ष प्रभावित भएका छन ।

सिंहदरवारको अधिकार गाँउ गाँउमा पुुग्ने भनिएका वेला सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउ पालिकामा यो समस्या झन कहाली लाग्दो देखिएको छ । छ वटा वडा भएको ताँजाकोटमा एक जना वडा सचिव र एक जना निमित्त प्रशासकीय अधिकृत हुुँदा सवै काममा कर्मचारीको अभावले जनताको काम गर्न समस्या भएको सो पालिकाका अध्यक्ष बाग्दल मल्लले बताए ।

उनले भने ‘आर्थिक वर्ष सम्पन्न भएको छ, महिना वितिसक्दा पनि पालिकाका योजनाको काम अगाडी वढाउन सकिएको छैन्, वडाको झन लथालिंग अवास्था छ ।’ सवै भन्दा बढि वडा भएको सर्केगार्ड गाँउपालिकामा तीन जना सचिब मात्र भएकोले वडा अध्यक्षले सचिवको जिम्मेवारी निर्वाह पनि गर्नु परेको वडा नम्वर पाँचका अध्यक्ष कर्णजंग शाहीले बताए ।

राज्यले सिंहदरवारको अधिकार गाँउ गाँउमा पुुगेको भनिएपनी हुुम्लाका दुुर्गम बस्तीमा अहिले पनि त्यो भनाई लागुु नभएकोले जनताले सास्ती खेप्नुु परेकोमा उनी जोड दिन्छन् । चौबीसै घण्टा जनताको काममा खटिनुु परेको उहाँको भनाई छ । यता आठ वटा वडा भएको सिमकोट गाँउ पालिकामा पनि चार जना सचिव भएको र चारवटा सचिव बिहिन भएको सिमकोट गाँउ पालिकाका प्रशासकीय अधिकृत अर्जुुन दर्जीको भनाई छ ।

एक वडाबाट अर्को वडा पुुग्न एक दिन पैदल हिड्नुु पर्ने भएको कारण कर्मचारी अभावले काम गर्न गाह्रो भएको उनले बताए ।

You May Also Like