सम्पर्कविहीन तारा एयर मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा फेला


कास्की, १५ जेठ ।

सम्पर्कविहीन तारा एयर मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भटियो, को को थिए सवार सूचीसहित

तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार विमान दुर्घटना भएको छ । दुर्घटनामा कति क्षत्ती भएको छ भन्ने ’bout जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

‘मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ कँडेलले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ।’

उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए।

पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।

जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए।

जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। ४ जना भारतीय पर्यटकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन् ।

विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो।
को को थिए यात्रुरु

१।वाजभवी बन्देकर२। इन्द्र बहादुर घले
३।पुरुषोत्तम घले
४। राजन कुमार घले
५। वसन्त लामा
६। गणेश नारायण श्रेष्ठ
७। रविना श्रेष्ठ
८।रष्मि श्रेष्ठ
९। रोजिना श्रेष्ठ
१०। प्रकास सुनुवार
११। मकर बहादुर तमाङ
१२। राममाया तमाङ
१३।सुकुमाय तामाङ
१४।तुलसा देवी तमाङ
१५। अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९। मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा

You May Also Like