प्रथम जेआर केविएस जुम्ला हेरिटेज टे«ल रेस २०१८ को उपाधि नरेश र राममायालाई

जुम्लाः प्रथम जेआर केविएस जुम्ला हेरिटेज टे«ल रेस २०१८ को पुरुष तर्फको उपाधि नरेश बुढाले जितेका छन् जुम्लमा पहिलो आयोजना गरिएको टे«ल रेसको उपाधी कर्णाली स्पोटस् क्लव जुम्लाका बुढाले जितेका हुन् । निर्धारित १२ किलोमिटरको दौड उनले १ घण्टा १२ मिनेट ३० सेकेण्डमा पुरा गरे ।

उत्तर पश्चिम पृतना सुर्खेतका राजन रोकायाले १ घण्टा १३ मिनेट ४७ सेकेण्ड लगाएर दोस्रो स्थान हासिल गरे भने कर्णाली स्पोट्स क्लव जुम्ला कै प्रकाश कठायातले १ घण्टा १७ मिनेट ४२ सेकेण्ड लगाएर तृतिय स्थान हासिल गरे ।

प्रथम जेआर केविएस जुम्ला हेरिटेज टे«ल रेस २०१८ को महिला तर्फको विधाको उपाधि पातारासी गाउँपालिका पेरेकी राममाया बुढाले जितिन । उनले निर्धारित समयको १ घण्टा ३६ मिनेट १५ सेकेण्डमा पुरा गरि उपाधि जितेकी हुन् । चन्दननाथ नगरपालिका १ की बन्धना बुढाले १२ किलोमिटर पार गर्न १ घण्टा ४९ मिनेट १४ सेकेण्ड लगाएर दोस्रो स्थान गरिन ।

भने चन्दननाथ नगरपालिका १० की पुर्णलक्ष्मी न्यौपानेले १ घण्टा ४९ मिनेट ५९ सेकेण्ड लगाएर तृतिय स्थान हासिल गरिन । पुरुष र महिला तर्फका प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल खेलाडिलाई जनहि १५ हजार, १२हजार र १० हजार नगद सहित मेडल चेक हस्तान्तरण गरिएको कर्णाली स्पोटस् क्लवका सदस्य धनराज सुनारले जानकारी दिए ।

उत्कृष्ट तथा सहभागि खेलाडिलाई धावक बैकुण्ठ मानन्धरले पुरस्कार वितरण गरेको क्लवले जनाएको छ । कर्णाली स्पोट्स क्लव जुम्लाको आयोजना र जेआर कर्णालि बोडिङ्ग स्कुलको साझेदारिमा टे«ल रेस २०१८ आज सम्पन्न भएको हो ।

Source: Deutikhabar

 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like