जुम्लाको छुमचौरमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माणको सम्भाव्यता अध्ययन शुरु

गमगढीः विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ ।

कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले ‘ ट्रेनिङ सेन्टर’ सम्भाव्यता अध्ययनको कार्य शुरु गर्ने भएको हो ।

सोहीअनुसार आजैदेखि सम्भाव्यता अध्ययनको कार्य थाल्ने जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो । टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने ‘ट्रेनिङ सेन्टर’ लाई ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामाकरण गर्न सुझाएको छ । दुवै संरचना निर्माणको कार्य शुरु गर्न भन्दै सचिव दाहालले मन्त्रालयबाट हुने सहयोगमा यो क्षेत्रलाई प्राथमिकता दिने वचन समेत दिनुभयो ।

मन्त्रालयको टोलीले रंगाशालाका लागि प्रस्तावित चन्दननाथ नगरपालिकाको राँझासिम, कभर्ड हल र जुम्लाको खेल गतिविधिको अनुगमन गरेको छ । ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ र ‘कर्णाली रंगशाला’ निर्माणले एकातिर ६ नं प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकुद पर्यटनका रुपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ । रासस

यि पनी समाचार: 

कुन प्रदेशमा कसको सरकार बन्दै छ ? कहाँ कसको बहुमत ? (सुचिसहित)
यी हुन अब केन्द्रमा रहने १५ मन्त्रालय , प्रदेशमा पनि मन्त्रालयको नाम फरक-फरक (सूचीसहित)
अनागरिक रबि लामिछाने र अराजक अन्धभक्तहरु
अष्ट्रेलिया कसरी जाने ? कस्ता विद्यार्थी जान पाउँछन् अष्ट्रेलिया ? यस्तो छ प्रक्रिया !

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like