खप्तडलाई आर्थिक र पर्यटन विकासको केन्द्र बन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने बताएका छन् ।

आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उनले भने, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ ।’

खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताउँदै उनले सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको बताए ।

सम्मेलनमा रामदेव, बालकृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित छ । सम्मेलन २५ गतेसम्म चल्ने छ ।

You May Also Like