बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता

बझाङ– बझाङमा झण्डै एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भैरवबहादुर सिंहले २२ हजार ६ सय ४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंले भने १७ हजार ९ सय ५७ मत ल्याउनुभएको छ ।

बझाङमा खसेको ६६ हजार ९ सय ५९ मत मध्ये अब एक तिहाइ अर्थात २२ हजार मत मात्र गन्न बाँकी छ ।

आज दिउँसो तीन बजे भित्रमा अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like