हुम्लामा उड्ने क्रममा रहेको तारा एयरको विमान दुर्घटना, पाइलट घाइते


हुम्ला: हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो ।

उहाँका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भन्नुभयो । उहाँले विमानमा कति यात्रु थिए भन्ने ’bout यकिन भइनसकेको पनि बताउनुभयो । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो पनी समाचारः मतदान अधिकृत सम्पर्कविहीन भएपछि मतपेटिका अलपत्र

– तस्बिर सौजन्य : नृप हमाल

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like