जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने’bout छलफल भएको हो ।


राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको हो ।

You May Also Like