मुगुमा दलित अधिकारका बिषयमा जनप्रतिनिधीको छलफल

गमगढी ।
रारा सञ्चार: दलित सञ्जालको आयोजनमा शुक्रबार हिजो मुगु सदरमुकाम गमगढीमा दलित सवाल का बिषयमा अन्तरक्रिया सकिएको छ । जिल्लाका दलित अधिकार कर्मी र निर्वाचित जनप्रतिनिधि बिच दलित अधिकार र दलितका सवाल बिषयक भएको छलफलमा स्थानिय तहको निर्वाचन पछि छानिएका जनप्रतिनिधीहरुले दलितहरुका हक अधिकारका बिषयमा ओकालत गर्नुपर्नेमा जोड दिईएको थियो ।

जिल्लामा रहेका ४ स्थानिय तह मध्ये सबै स्थानिय तहका अधिकाशं दलित बसोबास भएका क्षेत्रहरुमा दलितहरु अझै पनी सम्मान जनक अवस्थामा बाच्न नपाएका उदाहरणहरु दिदै सरोकारवालहरुले अब नया जनप्रतिनिधीहरुले यो कुरालाई गम्भिरताका साथमा लिनुपर्ने बताएका थिए । दलितका हक अधिकार राज्यले सुनिश्त गरेको भएपनी त्यो अझै लागु हुन नसक्दा जिल्लाका अधिकाशं दलितहरुको अवस्था नराम्रो रहेको बिभिन्न सरोकारवाला निकायहरुले जानकारी गराएका थिए ।

आगामी दिनमा नया जनप्रतिनिधीहरुले ग्रामिण स्तरमा रहेका दलितहरुको घरबास समेत निजी तथा स्थायी रुपमा नभएका भन्ने खबरहरु यसअघि नै आईरहेकाले अझै सरोकारवालाहरु दलित अधिकारका बिषयमा संवेदनशिल बन्न आवश्यक समेत रहेको छ । देश नयँ संरचनामा गईरहेकाले आगामी दिनमा दलिका हक अधिकारलाई कुण्ठित नगरी कार्यान्वय गर्न समेत कार्यक्रमका सहभागि सबैले आग्रह गरेका छन् ।

You May Also Like