बसको ठक्करबाट चितवनमा दुईजनाको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट दुईजना पैदलयात्रुको ज्यान गएको छ । शुक्रबार राति राप्ती नगरपालिका–५ भण्डारा चोकमा काठमाडौंबाट विरगंजको लागि छुटेको ना ६ ख ९०११ नम्बरको बसले बाटो काटिरहेका पैदल यात्रुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा राप्ती नगरपालिका–५ का ५० वर्षका माइला तामाङ र राप्ती नगरपालिका–११ की ४० वर्षकी फूलमाया लोप्चन रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवै जनाको भरतपुरमा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

You May Also Like