संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुने

काठमाडौं । संघीय संसद् (प्रतिनिधि सभा) मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुने भएको छ। सभामुख देवराज घिमिरेले आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त जानकारी गराएका हुन्।

सभामुख घिमिरेले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिने बताए।

सभामुख घिमिरले समय भने पछि निर्धारण हुने बताए। ‘नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ। कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुन्छ,’ सभामुख घिमिरेले भने, ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ। प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानुन मन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराउँदछु।’

You May Also Like