माछा मार्ने क्रममा खोलामा बगेर तिन जना बेपत्ता

मुगु, १९ असार ।  खोलामा माछा मार्दै गरेको समयमा माथीबाट आएको बाढीले बगाएर जिल्लाको पुर्वी करान भेगको सेरोग गाढ भन्ने स्थानमा तिन जना वेपत्ता भएका छन । शनिबार बेलुका मुगुम कार्मारोङ गाउँपालिकाको सेराग गाढमा माछा मार्ने क्रममा माथिबाट आएको बाढीले उनिहरुलाई बगाएको बताईएको छ ।

बेपता हुनेहरुमा गाउँपालिकाको वडा नम्बर ६ का उर्गिन लामा, कुनक्याप लामा र तेन्जीङ लामा रहेका छन् । उनिहरु यार्सा टिपेर पाटनबाट फर्किएका थिए बाटोमा माछा मार्ने क्रममा बगेर मुगु कर्णालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलाले बगाएर तिनै जनालाई कर्णाली नदिमा पु¥याएको र उनिहरुको खोजी कार्य भईरहेको प्रहरी बताएको छ ।

You May Also Like