पर्यटनमा शुन्यता छायो ।

रारा ताल

कोराना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा शुन्यता आएको छ । कोरोनाको बढ्दो संक्रमणले देशमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु नआउदा लगानी डुब्ने अवस्थामा पुगेको पर्यटन व्यवसायीको दुःखेसो छ ।

पर्यटन व्यवसायीले लगानी सुरक्षित गर्नका लागि सरकारले प्रभावकारी योजना ल्याउन पनि नसकेको गुनासो गरेका छन । भिजिट नेपाल २०२० मनाइरहेकै बेला विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल मात्र नभई विश्वकै अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । देशको आर्थिक स्रोतको ठूलो हिस्सा आगटेको पर्यटन व्यवसाय ठप्प हुदा लाखौले बेरोजगार हुनु परेको छ ।

विगतमा दैनिक लाखौको कारोबार गर्ने पर्यटन व्यवसायी समेत कोरोनाका कारण उल्टै ऋणमा डुबेका छन । उनीहरुले बैंकको किस्ता समेत तिर्न धौ धौ परेको दुखेसो पाखेका छन । व्यवसायीले लक डाउन अवधी भरको ब्याजदर समेत विशेष छुट गरि दिन सरकारलाई आग्रह गरेका छन ।

You May Also Like