राष्ट्रिय युवा परिषद मुगुको अध्यक्षमा नवराज कार्की नियुक्त

मुगु, १७ जेठ ।

राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति मुगुको अध्यक्षमा नवराज कार्की मनोनित भएका छन् ।

सोमबार बसेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले मुगुको अध्यक्षमा नवराज कार्की सहित रिक्त रहेका ब्राह जिल्लाका अध्यक्ष मनोनीत गरेको हो ।

मुगुका अध्यक्ष कार्की अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा नेकपा (माओवादी केन्द्र) मुगु जिल्ला समन्वय समिति सदस्य समेत रहेका छन् ।

राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले रिक्त रहेका जिल्ला दैलेखमा हिक्मत बहादुर शाही, सोलुखुम्वुमा सुजन राई, संखुवासभामा पासाङ निमु शेर्पा, रौतहटमा चेत प्रसाद बोलखे, नवलपुरमा टिका भुर्तेल, ताप्लेजुङमा सुजन लिम्बुको नाम मनोनित गरिएको छ । त्यस्तै मुस्ताङमा समिक शेरचन, झापामा यूवराज दाहाल, स्याङजामा आविस्कार क्षेत्री, बर्दियामा भक्त बहादुर थापा मुगुमा नवराज कार्की र सप्तरीमा सञ्जय कुमार दासको नाम मनोनित गरिएको छ ।

You May Also Like