कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणलाई निलम्बन गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका ’boutमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 
हिजो बसेको बैठकमा खाँणका ’boutमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।

You May Also Like