कांग्रेस नेता भुपेन्द्रजंग शाही भन्छन् ‘कांग्रेस सुध्रिदैन, सभापतिको घर घेरौं’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले पार्टी सुध्रिने अवस्था कमजोर बन्दै गएको भन्दै सभापतिको घर घेर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

कांग्रेस रुपान्तरणका लागि देशव्यापी अभियान थाल्न लागेको तेस्रो धारका नेता शाहीले काठमाडौंमा आयोजित भेलामा मन्त्रिपरिषदमा पठाइएका व्यक्तिका अनुहार र मन्त्री बनाइएको शैलीले पनि कांग्रेस सुध्रिने लक्षण नदेखिएको बताए ।

शाहीले भने, ‘कांग्रेस सुधार गर्ने हो भने अब पार्टी सभापतिको घर घेर्न जानुस्, हामी पनि जान्छौं । नत्र सुधार भनेको यही हो रु मन्त्रिपरिषद्‌मा कस्ता मान्छे सिफारिस भए रु नयाँलाई पठाउन सकिँदैन रु शेखरनिकट भनिएकाहरूलाई फालेका मन्त्रालय दिएर पठाइएको छ, प्रदेशहरूमा एउटा टीमको मात्र मन्त्री बनाइएको छ । यही हो सुधार भनेको ?’

शाहीले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापातर्फ लक्षित गर्दै पार्टीका दुईजना नेताले ट्वीटरमा लेखेर पार्टी नसच्चिने बताए । उनले एउटा पदाधकारी (गगन थापा) ले भन्दैमा १५ लाख नयाँ मतदाता नथपिने भन्दै १४ सय पद कोठाभित्र लुकाएर हजारौं कार्यकर्तालाई जिम्मेवारीविहीन बनाइएको बताए ।

शाहीले भने, ‘हप्तादिन भित्र नेविसंघ बनेन भने बहिष्कार गरौं । पार्टीमा विभाग गठन भएका छैनन्, १४ सय पद लुकाएर कोठामा थन्क्याएर राखेको छ । कार्यकर्तालाई भूमिकाविहीन बनाएर कसरी चल्छ रु धन्न तनहुँका जनताले २० हजार मत दिए ।’

नेविसंघका पूर्वसभापति गुरुराज घिमिरेको नेतृत्वमा कांग्रेसको तेस्रो धारले पार्टी रुपान्तरणको अभियान थालिसकेको छ ।

You May Also Like