ओढारमा भेटियो ७ वटा बन्दुक

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । ग्याम खोलास्थित जंगलको बीचमा रहेको ढुङ्गेओढारमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार भरुवा बन्दुक भएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ३ बजेतिर फेला पारेको हो ।

कार्यालयदेखि करिब १५ किलोमिटर टाढाको स्थानमा फेला पारिएका अवैध हतियार बरामदपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको र यस’bout थप अनुसन्धान अघि बढेको पनि श्रेष्ठले बताए ।

You May Also Like