रारामा पनी अब एनआईसी बैकंको सेवा


रारा सञ्चार

रारा तालः १९ असार, २०७४ । माथी रहेको ताल हो नेपालकै सबैभन्दा ठुलो रारा ताल । अब यहिँ रारा ताल छेऊमै रहेको मुगु सदरमुकाम गमगढीमा पनी एनआईसी बैकंले आफ्नो सेवा विस्तार गरेको छ । सोमबार बैकंको ८१ औँ शाखाका रुपमा मुगु सदरमुकाम गमगढीमा नयाँ शाखाको औपचारिक रुपमा उद्धघाटन गरिएको छ । जिल्ला सदरमुकाम गमगढीको मिलनचोक नजिकबाट बैकंले बिगत केही महिना देखी सेवा दिईरहेको भएपनी सोमबारबाट बैकंको सेवा औपचारिक रुपमा सुरुवात गरिएको हो ।


छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजगं शाहीको प्रमुख आतिथ्यतामा भएको शाखा उद्धघाटन कार्यक्रममा बोल्दै एनआईसी एशिया बैकंका क्षेत्रिय प्रवन्र्धक तेजराज तिमल्सिनाले बैकंले अर्को आर्थिक बर्ष भन्दा २ सय बढि शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखेकाले यो शाखा पनी खोलिएको बताउदै भने ‘सेवालाई फैलाएर लैजान उदेश्यका साथ र अब देशका ग्रामिण क्षेत्रमापनी सेवा प्रवाह गर्ने हाम्रो उदेश्य हो’ ।

नयाँ स्थानिय तहको संरचना अनुसार अझ दुर्गम ठाउँमा तथा गाउँपालिकाहरुमा पनी आफ्नो सेवालाई बिस्तार गर्ने तयारी गरिरहेको समेत उनको भनाई थियो । तिमल्सिनाले बैकंले सानो ५० हजार सम्मको कर्जादेखी लिएर ठुला ठुला हाईड्रोपावर तथा अन्य ठुला योजनाहरुमा लगानीका लागी पनी कर्जा बितरण गर्न तयार रहेकोमा समेत बिशेष जोड दिएका थिए ।


बैकंको शाखा स्थापनाका लागी सहयोग गर्ने सबै मुगुबासीलाई धन्यवाद भन्दै भने ‘मुगु पर्यटकिय जिल्ला हो यहाँ अझ ठुला खालका होटलहरुको आवश्यक्क्ता छ त्यसैले सुविधायुक्त होटलहरुको सञ्चालनका लागी बैकं लगानी गर्न छ, अब छिट्टै एटिएम सेवा सनी सञ्चालनमा आउछ’ ।

मुगुमा एनआईसी एशिया बैकंको नयाँ शाखा उद्धघाटन भएलगतै अब बैकहरुको संख्या ४ पुगेको छ । यसअघि मुगु सदरमुकाम गमगढीमा राष्ट्रिय बाणिज्य बैकं, कृषि बिकास बैकं र निर्धन उत्थान बैकंले सेवा दिदै आईरहेका थिए ।

You May Also Like