बुलबुलेमा छायाङ्कन गरिएको ‘राधा’ तिज गीत सार्वजनिक (भिडियो)

सुर्खेत । प्राध्यापक डा महेन्द्रकुमार मल्लको तिज गीत ‘राधा’ सार्वजनिक भएको छ। गित वीरेन्द्रनगरको बुलबुलेमा छायाङ्कन भएको हो। मंगलबार बहुमुखी क्याम्पसमा नेपाली भाषा शिक्षा विभागको आयोजनामा तीज गीत राधाको लोकार्पण गरिएको हो ।

डा महेन्द्र कुमार मल्लले निर्माण गरेको राधा गितमा गायिका अनु चौधरीको स्वर रहेको छ। दिपा शाही मुख्य कलाकारको रुपमा रहेको यस गितको निर्देशन कुलमान नेपालीले गरेका छन्।

शिव संगितको संगित, सुनील परियारको एरेन्ज, अर्जुन सापकोटाको सिनेम्याटोग्राफी, नितु सिंहको व्यवस्थापन र गंगा बस्यालको मेकअपमा बनेको यो गितको सम्पादन मनोज कार्कीले गरेका हुन्। गीत महेन्द्र कुमार मल्ल युटुब च्यानलबाट सार्वजनिक भएको छ।

You May Also Like