कर्णालीका प्रदेश प्रमुख परियारले गरे रंगशालाको निरीक्षण

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको अनुगमन गरेका छन् । शुक्रबार उनीसहित प्रदेश प्रमुखको कार्यालयको टोलीले रंगशालाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परियारले रंगशालाको बस्तुस्थिती बुझेका थिए । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले वस्तुस्थिती’bout जानकारी गराएका थिए ।

प्रदेश रंगशालाको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गर्दै भौतिक निर्माणको काम धमाधम भइरहेको परिषद्ले जनाएको छ ।

You May Also Like