साउदी प्रो लिग: सबैभन्दा धनी

काठमाडौँ । सबथोक त्यतिबेला सुरु भएको थियो, जतिबेला क्रिस्टियानो रोनाल्डो साउदी अरेबिया गए अल नासरसँग अनुबन्ध गर्दै । उनी के आए साउदी प्रो लिगको परिचय नै अर्कै भयो । यो लिग यसपल्ट यत्तिकैमा रोकिने छाँट छैन । अहिले युरोपका एकपछि अर्का स्टार खेलाडीलाई आफ्नोमा तानिरहेको छ साउदीले ।

क्रिस्टियानो रोनाल्डो, रोबर्टो फिर्मिनो, एन’गोलो कान्टे, बर्नान्डो सिल्भा, सर्जियो रामोसजस्ता हाइप्रोफाइल खेलाडी साउदीमा 

यसका लागि साउदीका क्लबहरू जति पनि रकम खर्चिन तयार छन् । त्यसो त फुटबलका पण्डित के मान्छन् भने साउदी अरेबियाले खेलाडी होइन, सिधै सफलता किन्न खोजेको छ । यो नीति लामो समयका लागि टिक्न नसक्ने चेतावनी पनि तिनीहरूले दिइरहेका छन् । तर, यतिभन्दा भन्दै पनि एकपछि अर्को ठूलै नाम भएका खेलाडी साउदी अरेबिया लागेका छन् ।

त्यसमाथि रोनाल्डोले खुलेर भनेका छन्, साउदी प्रो लिग युरोपकै सफल व्यावसायिक खेलाडीका लागि अब नयाँ गन्तव्य हुन सक्छ ।

You May Also Like