माओवादी केन्द्रबाट छायाँनाथ रारा नगरपालिकाको उप प्रमुखमा दश जनाको नाम सिफारिस

रारा सञ्चार संवाददाता,
मुगु, ८ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको उप प्रमुखमा दश जनाको नाम सिफारिस गरेको छ ।

छायाँनाथ रारा नगरपालिका कमिटीको बिहीबार बसेको बैठकले उप प्रमुखमा दश जनाको नाम सिफारिस गरेको छ । कमिटीले गरेको निर्णय अनुसार क्रमश कर्णबहादुर कुलालो, केशव चौलागाई, झर्रा देवी बुढा, दिलमाया महतारा, देबिकृष्ण रोकाया, रामकुमार भाम, शन्तोष कुमार मल्ल, सुरबहादुर बुढा, सुवाश चन्द्र बुढा र जीवनबहादुर सेजुवाललाई सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुगु जिल्लामा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले छायाँनाथ रारा नगरपालिकामा नेपाली काँग्रेसलाई नगर प्रमुख र माओवादी केन्द्रलाई उप प्रमुख दिने निर्णय गरेको थियो ।

You May Also Like