दलितको घर जलाइएको भन्दै जसपाको विरोध प्रदर्शन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध बुधबार खबरदारी कार्यक्रम गरेको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जुम्लाको तातोपानी गाउँपालिकाका २१ वर्षीय मुकुन्द नेपालीले स्थानीय एक किशोरीलाई भगाएपछि विवाद उत्पन्न भएको थियो । मुकुन्दले उच्च जातकी स्थानीय नाबालिग किशोरीलाई भगाएको प्रहरीको भनाइ छ । सोही घटनापछि किशोरीका दाजुसहित परिवारका सदस्यले उनको घरमा आगो लगाएका थिए ।

You May Also Like