नेपाल आउँदै गरेका २ जना सुडानी महिला पक्राउ

विराटनगर । नेपाल र भारतको सिमा नाकाबाट दुई जना सुडानी महिलालाई भारतीय एसएसबीले पक्राउ गरेको छ । नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई भारतको सीमा चौकी शैलेशपुरबाट खटिएको एसएसबीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका उनीहरुलाई सीमा चौकी शैलेशपुरबाट नेपाल भारत आवत जावत हुने गर्दछ ।

एसएसबी बटालियनका कार्यवाहक कमाण्डर रुपेश शर्माकाअनुसार नेपाल आउने क्रममा रहेका सुडानी महिला पक्राउ परेका हुन् । उनीहरु अवैध तरिकाले नेपाल प्रवेश गर्ने तयारीमा थिए । उनको भिसा पनि सकिएको थियो । सोधपुछका क्रममा दुवै सुडानी युवतीले आफ्नो नाम सावसान अब्देलहलिम हमेद सालिह र उमेर ४३ वर्ष, तहाने सादेलदीन इल्हाज सालिह र उमेर ५० वर्ष रहेको बताएका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानपछि बिहार प्रहरी भीमनगरलाई बुझाइएको जनाइएको छ ।

You May Also Like