काठमाडौँ । मलेसियामा जारी यु–१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियालाई जितका लागि २ सय ५३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनायो ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । नेपाल सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै फाइनलमा पुगेको हो ।