महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

काठमाडौं: महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो । १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।

थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालका लागि सरिता मगरले ३७ र ज्योती पाण्डेले २१ रन बनाए । ४२ बल खेलेकी सरिताले रनआउट हुनुअघि ३ चौका प्रहार गरेकी थिइन् । नेपालको ४ खेलबाट ५ अंक भएको छ । गएको बिहीबार नेपाल युएईसँग पाँच रनले पराजित भएको थियो । यस्तै गएको मंगलबार हङकङसँग र पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पानी परेका कारण बराबरी भएर अंक बाँडेको थियो । प्रतियोगिताका शीर्ष २ टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनौट खेल खेल्न पाउनेछन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like