कर्णालीमा प्रदेश प्रहरीको सुरक्षित यात्रा अभियान

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । प्रदेश प्रहरी मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि उक्त अभियान थालिएको हो ।

सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको ’boutमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसंगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरु जानकारी गराउने गर्दछन् ।

कर्णाली प्रदेश गर्ने मुख्यद्धार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवउ गोपाल चन्द्र भट्टराई श्रेष्ठ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) राम प्रसाद साहले चालक तथा यात्रुसंग सामुहिक रुपमा सुरक्षित यात्राका ’boutमा जनचेतना दिएका थिए ।

प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनिकरणका लागि सुरक्षा सचेतना कार्यक्रम गरेको जनाईएको छ । प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल चन्द्र भट्टराई श्रेष्ठले बताए ।

You May Also Like