अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालकको ज्यान गयो

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर महताको भिरबाट लडेर ज्यान गएको हो । उनी हिजो विद्यालयमा खेलिरहेको बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिनुभयो । उनको घटनास्थलमै ज्यान गएको हो ।

घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like