हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला। सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई रुट पर्ने कालिकोट र बाजुरामा खराब मौसमको कारण हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले शुक्रबारबाट हुम्ला जिल्लाको हवाई सेवा अवरुद्ध हुँदैआएको बताए । उनले सिमकोटको मौसम ठिक भए पनि हवाई मार्गका लागि इनरुट पर्ने कालिकोट र बाजुरा जिल्लामा खराब मौसमको कारण हवाई सेवा सुचारु हुन नसकेको बताए ।

You May Also Like