राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा।डा। रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ।

डा गजुरेलका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेपनि पौडेल चिकित्सकको निगरानीमा रहेका छन्।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत असार २ गते सेन्टरमा भर्ना भएका थिए। उनको मुटुमा पेसमेकर राखिएको छ ।

त्यसअघि पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नसा खुलाइएको थियो ।

You May Also Like