पहिरोमा परी दैलेखमा एक किशोरीको मृत्यु

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका– ४ गैरीगाउँमा गएराती पहिरोमा परी एक किशोरीको मृत्यु भएको छ ।

बिहिबार राती पहिरोमा परी हराईरहेकी स्थानीय १६ वर्षिया उर्मिला कठायतको आज बिहान शव भेटिएको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहीले बताउनुभयो ।

सो स्थानमा पहिरोले दुई वटा घर बगाएको छ । गतवर्ष पनि सोही स्थानमा पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो । थप पहिरो जानसक्ने देखिएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।

You May Also Like