प्रधानमन्त्रीलाई सांसदको प्रश्न: कर्णालीलाई विशेष बजेट कहाँ छ?

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद अम्मरबहादुर थापाले कर्णालीलाई विशेष बजेट कहाँ छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोधेका छन्।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले बजेट पुस्तिकामा हेर्दा कतै नदेखेको भन्दै प्रश्न सोधेका हुन्।

‘सरकारको नीति तथा कार्यक्रम, बजेटमा कर्णाली, सुदूरपश्चिमलाई मधेस प्रदेशलाई बजेटमा विशेष व्यवस्था गर्ने भन्नुभएको थियो। बजेट पुस्तिकामा हेर्दा कुनैमा देखिएन त्यो विशेष बजेट कहाँ कहाँ छरु,’ उनले सोधको थिए।

जवाफमा प्रधानमन्त्रीले कर्णाली प्रदेशका लक्षित गरेर कर्णाली समृद्धि कार्यक्रम सञ्चालित भइरहेको बताए।

त्यस्तै, हिमाली तथा उच्च पहाडी जीविकोपार्जन कार्यक्रम समेत कर्णाली प्रदेशको माथिल्लो भूभागमा सञ्चालन भई नै रहेको उनले बताए।

‘अगामी वर्षमा कणार्ली प्रदेशमा सिँचाइ तथा नदी नियन्त्रणका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ। कर्णाली करिडोर सडक राष्ट्रिय गौरवको आयोजनाका रूपमा सञ्चालित छ। राप्ती राजमार्ग, भेरि करिडोर, मध्यपहाडी लोकमार्गको कर्णाली खण्ड र मदन भण्डारी राजमार्गको कर्णाली खण्डका लागि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। शिक्षा, स्वास्थ्यको बजेटमा समेत सरकारले कर्णालीलाई उच्च प्राथमिकता दिएर राखेको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले विकासको समग्र मोडलका ’boutमा समीक्षा गर्न आवश्यक रहेको औंल्याए।

You May Also Like