कृषिमन्त्री भुसालले भने–सरकारले फलफूल उत्पादन र खरिद गर्ने सक्दैन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले सरकारले फलफूल उत्पादन र खरिद गर्ने नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको बैठकमा बोल्दै मन्त्री भुसालले सरकारले नेपालमा फलफूल उत्पादन र खरिद गर्नुपर्ने कुरा उठेपनि सरकारले खरिद गर्न नसक्ने बताए । सरकारले उत्पादन खरिद गर्ने भए व्यापार गर्नुपर्ने भन्दै उनले व्यापार गर्न सम्भव नरहेको बताए ।

मन्त्री भुसालले सरकारले उत्पादित वस्तुको समर्थन मूल्य तोक्ने काम मात्रै गर्नसक्ने बताए । उनले सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही वस्तु बिक्री वितरण गरिरहेको भन्दै क्षमताभन्दा बाहिर काम गर्न नसक्ने बताए ।

मन्त्री भुसालले सरकारले खारेज गरेको दुग्ध विकास बोर्ड र कपास विकास समितिका विषयमा छलफल भइरहेको बताए । उनले कृषि पशुपक्षी विकास मन्त्रालयबाट खारेज हुनुपर्छ भन्ने प्रस्ताव नगरेको बताए । उनले रासायनिक मल निजी क्षेत्रलाई गुणस्तरीयताको ग्यारेण्टी र अनुदान दिने निश्चितता नभएसम्म निजी क्षेत्रलाई दिन नसकिने बताए ।

मन्त्री भुसालले उत्पादन वृद्धि गर्न किसानलाई अनुदान चाहिन्छ भन्ने र निजी क्षेत्रलाई मल आयात गर्न दिँदा किसानले अनुदान पाउन नसक्ने बताए । उनले सरकारले रासायनिक मललाई अत्यावश्यक वस्तुको सेवामा राखेर आयात र वितरण गरिरहेको बताए । उनले मल वितरणमा स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।

मन्त्री भुसालले कालीमाटी तरकारी बजारमा टमाटर किसान वा व्यापारी कसले फालेको हो भन्ने कुराको छानबिन गर्ने बताए । उनले टमाटर किसानले नभएर राजनीतिक प्रेरित भएर फ्याँकिएको बताए । उनले कालीमाटी तरकारी बजारमा टमाटर राजनीतिक प्रेरित भएर फालिएको शंका रहेको बताए ।

You May Also Like