घट्यो हवाई इन्धनको मूल्य

काठमाण्डौ । हवाई इन्धनको मूल्य घटेको छ । हिजो बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेलको एक सय ५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

You May Also Like