विद्यालयको शौचालयमा जलेको अवस्थामा भेटिए लेखापाल

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका २, मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलेको अवस्थामा भेटिएका छन्। मृगौलिया घर भएका ४० वर्षीय लेखापाल मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान पौने ७ बजेतिर भेटिएको मोरङ प्रहरीले जनाएको छ।

सोही विद्यालयको लेखापाल ढकाल शनिबार बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। उनको शरीरको अधिकांश भाग आगोले जलेको छ। लेखापाल ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ। घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You May Also Like