चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पाँचथरको चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका सन्चालनको पहल गर्न माओवादी कोशी प्रदेश संसदीय दलले आग्रह गरेको छ।

दलका नेता इन्द्रबहादुर आङ्बोले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका संचालनको पहल गर्न माग गरेका हुन्।

प्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आङ्बोले चिवाभन्ज्याङ नाका खोल्ने प्रक्रिया सुरु गर्ने विषयमा भारतसँग कुरा गर्न सुझाव दिएको बताएका छन्।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण कार्य अगाडि बढिरहेको मध्यपहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रेको निम्ति सरकारले प्रत्येक आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरिरहेको छ।

तर, मध्यपहाडी राजमार्गको प्रारम्भ बिन्दु ‘चिवाभन्ज्याङ’ नाका कहिले खुल्ने भन्ने सबैमा चिन्ता र चासो व्याप्त रहेको छ,’ आङ्बोले भने ‘प्रधानमन्त्रीको यसपालिको भारत भ्रमणको मिति निश्चित भएपछिको भेटमा ‘चिवाभन्ज्याङ’ सिक्किम ९भारत० अन्तर्राष्ट्रिय नाका संचालन गर्न भारत सरकारसँग प्रारम्भिक प्रक्रिया थालनीको निम्ति आवश्यक छलफल होस भनेर आग्रह गरेको छु ।’

उनले राष्ट्रिय गौरवको मध्यपहाडी सडकले जोड्ने ‘चिवाभन्ज्याङ’ नाका सञ्चालनलाई सरकारले प्राथमिकता साथ अगाडि बढाउने र त्यसको निम्ति भारत सरकारसँग छलफल प्रारम्भ गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेको स्मरण पनि गरेका छन्।

You May Also Like