भारतका बौद्ध धर्म गुरू रिन्पोछे नेपालमा

काठमाडौ । भारतका बौद्ध धर्म गुरु ताइसितुपा रिन्पोछे नेपाल भ्रमणमा आउनुभएको छ ।

धर्म गुरु रिन्पोछे ३ दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्म गुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्म गुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आउनुभएको हो ।

उहाँ भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो । उहाँका अनुसार रिन्पोछेले २०७२ सालको महा(भूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा उहाँले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताउनुभयो । बौद्ध धर्म गुरु रिन्पोछे २८ वर्षपछि नेपालमा आउनुभएको हो ।

You May Also Like