कैलालीको महादेव तालमा शव फेला

कैलाली । कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ । सोही क्रममा सो तालमा सब फेला परेको हो । घटना’bout अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

You May Also Like