शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल र आर्मी भिड्ने छन् ।

जारी लिगमा जावलाखेल २२ खेलबाट ३४ अङ्कका साथ तेस्रो स्थानमा छ भने ३० अङ्क भएको आर्मी पाँचौँ स्थानमा छ ।


यस्तै, चर्च ब्वाइज युनाइटेड र एपीएफबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ । २२ खेल खेलिसक्दा चर्च ब्वाइज ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । यस्तै एपीएफ २९ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ ।

You May Also Like