कर्णाली प्रदेशसभामा पूर्व राजा’bout कुरा‌ उठेपछि सत्तापक्ष सांसदको आपत्ति

सुर्खेत। कर्णाली प्रदेशसभामा पूर्व राज ज्ञानेन्द्र शाहको सवारीका विषयमा कुरा उठाइएपछि सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन्।

राप्रपा सांसद सन्तोषी शाहीले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको सवारी सुर्खेतमा हुने विषय संसदमा उठाएपछि सत्ता पक्षका सांसदले आपत्ति जनाएका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका हुन् ।

कांग्रेस नेता शाहीले भने ‘यो रोस्टम भनेको बिना राजतन्त्रको हो, राजतन्त्र फर्केर आएपछि उहाँ बोल्नुहोला । तर, अहिले हुंकार गर्नु‌ चाँहि स्वभनिय हुँदैन ।’
पूर्व राज शाह वीरेन्द्रनगरका हुने अभिनन्दन कार्यक्रममा सहभागी हुन आज सुर्खेत आउँदै छन् ।

You May Also Like