योगेशलाई देवेन्द्रको जवाफ– मानिसले लडेको युद्ध जनयुद्ध नै हो

काठमाडौं । नीति कार्यक्रमको पहिलो बुँदामा जनयुद्ध शब्द राखिएकाप्रति नेकपा (एमाले) र माओवादी केन्द्रका नेताबीच वाकस्पर्धा चलेको छ। सोमबार नीति कार्यक्रममाथि बोल्दै नेकपा (एमाले) का सांसद योगेश भट्टराईले जनयुद्ध शब्द स्वीकारेको भन्दै कांग्रेसलाई ‘निम्छरो’को संज्ञा दिएका थिए।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ, कि जनयुद्ध भनिन्छ भनेर जवाफ फर्काएका हुन्।

‘माननीयजीलाई म एकपल्ट शब्दकोश पल्टाएर हेर्न अनुरोध गर्छु, यो माछायुद्ध थियोरु भालुयुद्ध थियोरु जंगलका अर्नाहरू लडेका थिएरु कि रूख, ढुंगाहरू लडेका थिएरु माननीयजी शब्दकोश पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ, कि जनयुद्ध भनिन्छ,’ उनले भने।

जनयुद्ध मानिसका छोराहरू लडेको युद्ध भएको पौडेलले बताए।

‘बिर्सनुभयो वृहद शान्ति सम्झौता माननीयजी तपाईंको नेताले हस्ताक्षर गरेको बिर्सनुभयोरु १२ बुँदे सहमति हामी त्यही श्रृंखलामा छौं। नेपाली जनतालाई सार्वभौम बनाउनका लागि संविधान सभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो,’ उनले भने।

उनले इतिहासलाई नबिर्न र रोस्टममा आएर कटाक्ष गर्नभन्दा मिलेर जान आग्रह पनि गरे।

You May Also Like