कर्णाली पर्यटन उद्यमी समाजद्धारा पर्यटन मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागी पर्यटनमन्त्री सुदन किरातीको ध्यानाकर्षण गराइएको छ । कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा शुक्रबार बिभिन्न माग सहित मन्त्रीको ध्यानाकर्षण गराइएको हो । समाजका अध्यक्ष देविकृष्ण रोकायाको नेतृत्वमा कर्णालीमा हवाइ समस्या समाधान, हिमालहरुको आरोहणको प्रवन्ध मिलाउनुपर्ने लगायतका माग राखि मन्त्रीको ध्यानाकर्षण गराइएको समाजले जनाएको छ । ‘कर्णाली क्षेत्रमा लामो समय यता हवाइ उडानमा समस्याका भएको ’boutमा मन्त्रीलाई अवगत गराएका छौ ।’ अध्यक्ष रोकायाले भने ‘हवाइ समस्या समाधान सहित कर्णालीको प्रवद्र्धनका लागी आवश्यक अरु कुरामा आफु प्रतिवद्ध भएको कुरामा मन्त्री ज्युको प्रतिवद्धता छ ।’

समाजका पुर्व अध्यक्ष जगं बहादुर लामा सहितका पदाधिकारीहरुले कर्णाली क्षेत्रमा भएका हिमालहरुमा सहज रुपमा आरोहणका लागी परमिट दिनुपर्ने व्यवस्था गरिनुपर्ने माग राखेका थिए । ‘कर्णाली प्रदेशमा कयौ हिमालहरु भएको भएपनी हिमाल आरोहणका लागी सामुहिक रुपमा मात्र परमिट लिने व्यवस्था हाल कायम छ । सामुहिक रुपमा मात्र नभएर पर्यटक एक्लैले पनी परमिट लिन पाउने व्यवस्था आवश्यक छ ।’ लामाले भने ‘यो समस्या समाधान गर्न सकिएको खण्डमा कर्णालीका हिमालमा पनी मानिसहरुको आकर्षण हुनेछ ।’

साथै कैलाश मानसरोबर क्षेत्रमा सिमित व्यवसायीहरुको सिण्डीकेटका कारण साना व्यवसायीहरुले त्यस क्षेत्रमा पर्यटक लिन नसकेको कुरा उल्लेख गर्दै यसको सिघ्र समाधानका लागी माग गरिएको थियो । कर्णाली प्रदेशको पर्यटन बिकासको गुरुयोजना निर्माण गरि कार्यान्वयन गनुपर्ने, पर्यटकिय गन्तव्यहरुलाई अन्र्तराष्ट्रिय स्तरमा बजारिकण गरिनुपर्ने, पदमार्गहरुको पहिचान तथा प्रवद्र्धन गर्नुपर्ने, जलयात्रा लगायतका अन्य साहसिक पर्यटनका लागी सम्भावना अध्ययन गरिनुपर्ने, बिमानस्थलको स्तरोन्नती, प्रदेश राजधानी सुर्खेतबाट अन्य जिल्लाहरुमा हवाइ उडान गर्नुपर्ने, बैज्ञानिक रुपमा भाडा समायोजन गरिनुपर्ने लगायतका मागहरु मागपत्रमा उल्लेख छन् ।

भेटमा मन्त्री किरातीले मागहरुमा कार्यान्वयनका लागी र समस्या समाधानका लागी आफु तत्पर भएको उल्लेख गर्दै केही समस्या समाधानका लागी तत्काल तल्लो तहलाई निर्देशन समेत दिएका थिए ।

You May Also Like