आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलको सुझाव

काठमाडौँ– सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बिभिन्न दलका नेताहरूले परम्परागत भन्दा पनि नयाँ ढङ्गको कार्यक्रम ल्याउन पनि सुझाव दिएको उनले जानकारी दिए । जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव आएको उनले बताए ।

सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रम तयारी गरेको छ । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

You May Also Like