ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । अखिल फुटबल सङ्घ (एन्फा) का अनुसार आजका तीन खेल मध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

You May Also Like