उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण ९ल्यान्ड० गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए ।

विमान ९ः ५७ बजे ल्यान्ड भएको हो ।

‘उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त भएको छ । भएको के हो अहिले प्राविधिक टोलीले चेकजाँच गर्दैछ । एकिन भइसकेको छैन’ प्रवक्ता मानन्धरले भने ।

You May Also Like