पूर्वराजा शाह श्रीमतीसहित लखनउतर्फ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गरेका छन्।

उनी नेपालगञ्जबाट सडक मार्ग हुँदै केही दिनका लागि लखनउ गएको उनको सचिवालयले जानकारी दिएको छ। निजी भ्रमणका क्रममा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेताहरुलाई भेट्नसक्ने उनीनिकट स्रोतले जानकारी दियो।

पूर्वराजा शाह केही दिनदेखि नेपालगञ्जमा रहेका आसपासका केही जिल्लाहरुको भ्रमणमा थिए। नेपालगञ्जमा उनको यही वैशाख २० गते नागरिक अभिनन्दन गरिएको थियो।

You May Also Like