सुर्खेतमा भरुवा बन्दुकसहित तीनजना पक्राउ

सुर्खेत । पञ्चपुरी नगरपालिका १० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजनालाई भरुवा बन्दुक ३ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातोपानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

You May Also Like